उच्च माध्यामिक शिक्षा परिषद्को सक्रियता, नियम उल्लंघन गर्ने कलेज कारबाहीको दायरामा

३ असार । ढिलै भए पनि उच्च माध्यमिक शिक्षा परिषद् सक्रिय भएको छ । परिषद्ले गत वर्ष नीजि उच्च माविलाई नियमन गर्न आचारसंहिता बनाएको थियो । त्यही आचारसंहिता पालना भए नभएको अनुगमन गर्न यो वर्ष अनुगमन समिति नै बनाएर काम थालेको छ । आचारसंहिता नमान्ने निजी कलेज कारबाही दायरामा आइसकेका छन् ।


निजी उच्चमाविले आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्न बनेको समितिले आचारसंहिता उल्लंघन गरेका नीजि उच्च माविलाई ७ दिनको समय दिएर स्पष्टिकरण मागेको थियो ।

तर स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै समितिले ७ वटा उच्चमाविलाई थप स्पटिकरणका लागि समितिमै बोलायो । समितिले अरु ३ वटा उच्चमाबिलाई स्पष्टिकरणका लागि आउन २४ घण्टे पत्र काटेको छ । परिषद्ले तिनकुनेको वार्सा उच्च माविलाई नयाँ विद्यार्थी भर्नामा रोक लगाईसकेको छ । अरु १४ वटालाई चेतावनी दिने निर्णय पनि गरेको छ ।

परिषदमा सम्बन्धन लिँदा जगत उच्च माविको नाममा सम्बन्धन लिएको तर अहिले कस्मोपोलिटन नाममा चलिरहेको कलेजमाथि कडा कारबाहीको तयारी भइरहेको पनि परिषद्ले बताएको छ ।

आइतबार बस्ने अनुगमन समितिको अर्को बैठकले एउटा नाममा सम्बन्धन लिएर अर्को नाममा चलेका नीजि उच्च माविलाई बन्द गर्नेसम्मको कारबाही गर्न सक्ने उच्च माध्यामिक परिषद्का प्रवक्ता नारायण प्रसाद कोईरालाले बताउनुभयो ।

परिषद्ले विद्यार्थी भर्ना फारामका लागि १ सय रुपैयाँभन्दा बढी रकम लिएका नीजि उच्च माविलाई समेत कारबाही गर्ने तयारी गरेको छ । तोकिए भन्दा धेरै रकम भर्ना फारामका नाममा नीजि उच्च माविले लिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगले त्यस्ता कलेजलाई कारबाही गर्न परिषद्लाई निर्देशन दिएको थियो ।


,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...