राप्ती र नारायणी नदीमा पानीको बहावले खतराको सूचक नाघ्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

राप्ती र नारायणी नदीमा पानीको बहावले खतराको सूचक नाघ्यो

Share This
७ साउन । पहाडी क्षेत्रमा लगातार बर्षा भएपछि मध्य नेपालको नारायणी र मध्यपश्चिमको राप्ती नदीमा पानीको सतह खतरा सूचक भन्दा माथि पुगेको छ ।


नारायणी नदीमा पानीको सतह बढ्दा पश्चिम चितवन र सिमावर्ती जिल्ला नवलपरासीका गाबिसहरु डुवानमा पर्ने खतरा देखिएको छ ।
देवघाट नजिकै रहेको नारायणी नदीमा पानीको सतह मापन गर्न स्थापना गरिएको केन्द्रले नारायणी नदीमा पानीको वहाव ९ दशमलव ३० मिटर पुगेको देखाएको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर पुग्नुलाई खतराको संकेत मान्ने गरिन्छ । नदीमा पानीको सतह ६ दशमलव ८ मिटर भन्दामाथि पुगेमा नदी किनारका बासीन्दालाई सचेत रहन सुचित गर्ने गरिन्छ ।
नारायणी नदी किनारमा रहेको नवलपरासीको गैडाकोट क्षेत्रमा प्रहरीले माईकिङ गरि सुरक्षित स्थानमा सर्न आह्वान गरि सकेको छ ।
नारायणी नदीको पुलदेखि माथिको क्षेत्रमा अब चार फिट मात्र पानीको सतह बढे नारायणघाट बजारमा पानी पस्ने अवस्था छ । नारायणी नदीमा २०६१ साल पछिको सबै भन्दा ठुलो बाढी अहिले आएको स्थानीयबासिन्दाले बताएका छन् ।
पश्चिम चितवनका गुन्जनगर, दिव्यनगर, मेघौली, मंगलपुरलगायता गाबिस नारायणी नदीको बाढीको जोखिममा रहेको भन्दै जिल्ला प्रसासन कार्यालय चितवनले सचेत रहन आग्रह गरेको छ । नदी नजिक नजान र अति आवश्यक समान तयारी अवस्थामा राख्न चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले सबैलाई आग्रह गर्नु भएको छ ।
यस्तै राप्ती नदीमा पनि पानीको सतह खतराभन्दा माथि पुगेको छ । राप्ती नदीको पानीको सदह मापन गर्ने बर्दियाको कुसुममा रहेको केन्द्रका अनुसार राप्तीमा ५ दशमलव ४० मिटर पानीको सतह पुग्दा खतरा हुनेमा त्यहाँ अहिले पानीको सतह ७ दशमल ३२ पुगेको छ । प्रहरी र स्थानीय प्रशासनले नदी आसपासको क्षेत्रका बासिन्दालाई सचेत गराएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here