अफगानिस्तानको काबुलमा चार नेपालीसहित १० जनाको मृत्यु

१८ असार । अफगानिस्तानको राजधानी काबुलमा तालिवानी लडाकुको आक्रमणबाट ४ जना नेपाली सहित १० जनाको मृत्यु भएको छ ।

एटलान्टिक सहयोग संगठन नेटोलाई सामान उपलब्ध गराउने एक कम्पनीको कार्यालयमा गराइएको बिस्फोटमा परी १० जनाको मृत्यु भएको हो । मंगलबार विहान स्थानिय समयअनुसार ५ बजे आक्रमणकारीले नेपाली सुरक्षा गार्ड रहेको उक्त कम्पनीको गेटमा विस्पोटक पदार्थले भरिएको ट्रक ठोकाएर विस्पोट गराएका थिए।

आक्रमणकारीले विस्फोट गराएसँगै बाहिर रहेका अन्य आक्रमणकारीले गोली हानेका थिए । आक्रमणकारी र सेक्युरीटी गार्डबीच गोली हानाहान भएको थियो। उक्त आक्रमणमा परि ज्यान गुमाउने चार नेपाली सहित एक अफगान नागरिक र पाँचै जना आक्रमणकारीको सनाखत हुन सकेको छैन।

आक्रमणको निशाना बनाइएको कम्पनीले नेटोका सेनालाई सामान उपलब्ध गराउने गर्दथ्यो। बिस्फोटको जिम्मा तालीवानी बिद्रोहीले लिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...