
आज इनेटनेपालडटकम तपाईहरुलाई बताउँदैछ कि कसरि आफ्नी महिला मित्रसंगको सम्बन्धलाई प्रगाढ र मजबुत बनाउने? कसरि महिलाको रोजाइमा रहिरहने? महिलाहरुलाई राम्रो लाग्ने केहि कुराहरु जसलाई आफ्नो ब्यबहारमा लागु गर्नुभयो भने तपाई बन्न सक्नुहुनेछ महिलाको पहिलो रोजाई:
जब तपाईकि पत्नी वा तपाईकि प्रेमिका तपाईसंग कुरा गर्दै हुन्छिन, उनको कुरालाई ध्यान दिएर सुन्नुहोस। जसले गर्दा तपाईको प्रेमिका वा पत्नीलाई लाग्ने छ कि तपाईले उनको भावनाको कदर गर्नु हुन्छ।
पुरुषहरु आफ्नी पत्नी वा प्रेमिकासंग भावनात्मक रुपमा जोडिन सक्नुपर्छ जस्तो कि पुरुषले आफ्नो प्रेमिका वा पत्नीको कुराहरुलाई गहिराईबाटै बुझ्न सक्नु पर्छ।
आफ्नी पत्नी वा प्रेमीकासंग खुलेर कुरा गर्नुहोस जसले गर्दा तपाई आफ्नी पत्नी वा प्रेमिकाको अझ नजिक हुनुहुनेछ र तपाईहरुको सम्बन्ध अझ बलियो बन्छ।
याद गर्नुहोस प्रेम बिश्वासमा अडिएको हुन्छ। त्यसैले बिश्वास तोड्ने काम नगर्नुस। आफ्नी पत्नी वा प्रेमिकासंग सबै सत्यहरु खोल्नुहोस्। ताकी पछी गएर तपाईहरुको सम्बन्धमा अविश्वासको शृंखला सुरु नहोस।
सकेसम्म आफ्नो पार्टनरको परिवार र सथिहरुसंग पनि सम्बन्ध बनाउने कोशिस गर्नुहोस। जसले गर्दा तपाईको पार्टनरलाई लाग्नेछ कि तपाई साँच्चै उनको केयर गर्नुहुन्छ।
यदि तपाई बिजी लाइफ बाँचीरहनु भएको छ भने कमसेकम हप्तामा एकपटक आफ्नो पार्टनरसंग खाना खानुहोस। महिनामा एक दिनको समय उनका लागि छुट्याउनुहोस्। यसो गर्दा तपाईको र तपाईको पार्टनरबिचको सम्बन्धमा अझ प्रगाढ़ता बढ्छ।
प्रेमिकालाई इम्प्रेस गर्न प्राय: सबै प्रेमीहरु बाईक वा गाडी स्पीड चलाउछन्। यसो गर्नुभन्दा पहिला आफ्नो पार्टनरलाई कस्तो लाग्छ भन्ने बुझ्नुहोस्। हुन सक्छ तपाईकि प्रेमिकालाई यो कुरा राम्रो नलाग्न पनि सक्छ।
सधै आफ्नो पार्टनरको हौसला बढाउनुहोस्। उनिसंग टचमा रहिरहनुहोस्। तर कहिल्यै पनि उनिमाथि आफ्नो हक जताउने तथा जबरजस्ती गर्ने जस्ता काम नगर्नुहोस। यस्ता कार्यहरु महिलाहरुले मन पराउदैनन।
महिलाहरु सरप्राइज मन पराउछन त्यसैले हरेक सानो-ठुलो चाडबाड वा अवसरमा सरप्राइज दिने गर्नुहोस।
हरेक महिला आफ्नो पुरुषबाट प्रेम चाहिन्छन। त्यसैले सहि समयमा सहि तरिकाले प्रेम दर्शाउनुहोस जसले गर्दा तपाईहरुको सम्बन्ध अझ मजबुत हुन पुगोस।
No comments:
Post a Comment