माइक्रोम्याक्सले ल्यायो धमाकेदार स्मार्टफोन Canvas 4


सस्तोमा स्मार्टफोन बोक्न चाहनेहरुका लागि माइक्रोम्याक्सले नयाँ मोडलको स्मार्टफोन लन्च गरेको छ। माइक्रोम्याक्सको बहुचर्चित र बहुप्रतिक्षित भनिएको CANVAS 4 लन्च भएको छ। भारतमा २८ जुनदेखि बुकिंग खुल्ला गरिएको फोन, आज अर्थात जुलाई ८ का दिन सार्वजनिक भएको छ। यसको सुरुवाती मूल्य भारतीय रुपैया १७९९९ राखिएको जनाइएको छ।

कम्पनीले दमदार फिचर भएको भनेर प्रचार गरेको यो फोनको फिचरचाहिं गज्जबकै छ। क्वाड कोर प्रोसेसर भएको यो फोनमा शानदार क्यामेरा छ जसको क्षमता १३ मेगपिक्सेल रहेको जनाइएको छ। फोनको डिस्प्लेको कुरा गर्नुपर्दा ५ इन्चको दिस्प्लेमा ७२० मेगापिक्सेलसम्मको रिज्योलुशनको क्वालिटी पाउन सकिन्छ।

1.2 GHz को क्वाड कोर मीडियाटेक MT6589 SoC प्रोसेसर भएको यो फोनमा 1 GB र्याम छ। 16 GB इन्टरनल मेमोरी भएको यसले 64 GB सम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ। 2000 mAh ब्याट्री भएको यो फोनमा लेटेस्ट एन्ड्रोइड 4.2 जेलीबीन ओएस छ जसले फोनलाई आकर्सक बनाउन मद्दत गरेको छ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...