विवाद नटुंगिए राष्ट्रिय अधिवेश बोलाउने एमाओवादीको तयारी

३ साउन । एकीकृत माओवादीले शुक्रबार सुरु हुने बिस्तारित बैठकले विवादित बिषयवस्तु टुङ्गो लगाउन नसके राष्ट्रिय अधिवेशन बोलाउने तयारी गरेको छ ।

पार्टी कार्यालय कोटेश्वरमा पाँच दिनसम्म चलेको पूर्व स्थायी समिति, पदाधिकारी ब्यूरो इन्चार्ज र राज्य संयोजकहरुसँगको छलफलमा यस्तो तयारी गरेको हो । विस्तारित बैठकमा हेटौडा महाधिवेशनले तय गरेको कार्यदिशा, राष्ट्रिय अधिवेशन र दोश्रो संविधानसभाको चुनावमा केन्द्रीय भएर छलफल गरिने नेता हेमन्तप्रकाश ओलीले जानकारी दिनुभयो ।

बिस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईलाई उपाध्यक्षमै फिर्ता गर्ने, नआए बरिष्ठ नेता बनाउने प्रस्ताव गर्नुहुनेछ । यो मान्य नभए प्रचण्डले पार्टीमा अध्यक्ष मात्र रहने र अन्य सबैलाई केन्द्रीय सदस्य बनाउने समेत प्रस्ताव तयार पार्नुभएको छ । अध्यक्ष प्रचण्डलाई छलफलमा नेताहरुले सांगठनिक कार्ययोजना हेटौडा महाधिवेशनले तय गरेको कार्यदिशा बिधि र प्रक्रियामा गएर समेट्न सुझाव दिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...