
स्मार्टफोनका निमित्त निर्मित एप्स साँच्चै नै अनौठा पनि छन्, जुन एकदमै रोचक लग्न सक्छ। यस्तै खालको अनौठो एप्स हो 'Death'। यो पढेर केहि व्यक्तिहरु डराउनु पनि भयो होला तर यो एप डराउनुपर्ने खालको छैन यो कति उपयोगी र रोचक छ भन्ने कुरा हामी बताउन गइरहेका छौं।
यो एपले तपाईको एरियामा यदि कुनै मर्डर भयो वा कुनै हत्या भयो वा एक्सिडेन्टमा कसैको मृत्यु भयो भने यसले तपाईलाई जानकारी दिन्छ। बास्तवमा भन्नु पर्दा यो एक किसिमको ट्रयाकिंग एप हो। तपाईको इलाकामा यदि कुनै हत्या वा मर्डर सम्बन्धी घटना घट्यो भने यसले यस्ता घटनाहरुको डाटाबेस निर्माण गर्छ र तपाईलाई जानकारी दिन्छ। यो एप आफसेआफ अपडेट हुन्छ।
यो एपले तपाईको एरियामा मृत्यु कति सजिलै र कसरि आउन सक्छ भन्ने कुरा यो एपले बताउँछ। यदि घरबाट बाहिर निस्कने बेलामा अगाडिको बाटोमा हत्या भएको छ भने तपाई बाटो परिवर्तन गर्न सक्नुहुन्छ। यो एपले तपाईलाई आफ्नो वरपरको रोडमा कहाँ कस्तो किसिमको एक्सिडेन्ट बढि हुन्छ र कसरि त्यसलाई टार्ने भन्ने बारेमा सचेत पनि गराउछ। किनकि एक्सिडेन्ट हुने ठाउँको बारेमा थाहा पाएपछी तपाई त्यो बाटो हिंड्दा सावधानी अपनाउनु हुन्छ।
तपाई पनि यो एपलाई डाउनलोड गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईले यो एप डाउनलोड गर्न कयौं स्टेपहरु पार गर्नुपर्ने हुन्छ। यो एप खासगरी बच्चाहरुको लागि त हुँदै हैन।
यो एप खाली ब्रिटेनमा मात्र चल्छ किनकि यसले केवल गूगलम्यापको आधारमा घटनाको रेकर्ड राख्ने गर्छ। यदि तपाई ब्रिटेनमा हुनुहुन्छ भने यो एप डाउनलोड गरेर चलाउन नभुल्नुहोला।
No comments:
Post a Comment