झुट पत्ता लगाउने एन्ड्रोइड एप - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

झुट पत्ता लगाउने एन्ड्रोइड एप

Share This
के तपाईले कहिल्यै सोच्नुभएको छ कि मोबाइलमा फोन गर्दा तपाईको पार्टनर(गर्लफ्रेण्ड वा ब्वाईफ्रेण्ड)ले झुट बोलेको वा साँचो बोलेको पत्ता लगाउन पाए कस्तो होला? यदि सोच्नुभएको छ भने तपाईलाई खुशीको खबर छ। अब तपाई सजिलैसंग आफ्नो पार्टनरको झुट पक्रिन सक्नुहुन्छ। हुन त सजिलैसंग झुट बोल्ने मान्छेको झुट पक्रन मुश्किल मात्रै हैन असम्भव नै हुन्छ।

तर चिन्ता नलिनुहोस अब तपाईलाई झुट पक्रन सहयोग गर्न गूगल प्लेमा एउटा एप सार्वजनिक भएको छ। "Cheating Boyfriend GPS Tracker" नामको यो एप पहिल्यै सार्वजनिक भएको भए पनि हालसालै निकै नै चर्चामा आएको छ। यो चर्चामा आउनुको कारण भने बेलायतमा यसले मच्चाएको धमाका हो। ब्राजिलमा यहि एपकै कारण कयौं प्रेमी जोडीहरुको जोडी टुटेको खबर आइसकेपछि यो एप फेरी एकपटक चर्चामा आएको छ।

यो एपले स्मार्टफोनको GPS ट्रयाकिंग सिस्टमको प्रयोग गरेर तपाईको पार्टनरको लोकेसन बताउने गर्छ। एप डाउनलोड गरिसकेपछि जुन मान्छेको ट्रयाकिंग गर्नु छ उसको मोबाइल नम्बर यसमा इन्टर गर्नुपर्ने हुन्छ गूगल प्लेमा केहि समयसम्म फ्रीमा उपलब्ध रहेको यो एपलाई निश्चित समयपछि निश्चित रकम तिरेर प्रयोग गर्नुपर्ने हुन्छ एन्ड्रोइड २.१ पछिका सम्पूर्ण अपरेटिंग सिस्टममा काम गर्ने यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।
यो एपमा ट्रयाकरबाहेक Love Quizzes, Name Analyzer, Cheat Meter जस्ता रमाइला गेमहरु पनि छन्। एपको बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here