१७ साउन । काभ्रके एक फाइनान्सको रकम लुट्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल महिला उत्थान (फाईनान्स) पनौतीको रकम संकलन गरी हिडिरहनुभएकी ललितपुर जिल्ला विसंखु नारायण गाविस वडा नम्बर–३ गोदावरी बस्ने २३ बर्षीया विनु लामाको साथबाट रकम लुट्ने सन्तोषराज तिमिल्सिनाको समूहलाई प्रहरीले जिल्लाको ढुंखर्क गाविसबाट पक्राउ गरेको हो ।
तिमिल्सिनाको समूहले ढुंखर्क–७ पात्लेखोला ग्याङलुङ भन्ने स्थानमा लामाको साथबाट ५३ हजार नगद र एक थान सामसुङ्ग मोवाइल सेट लुटेको थियो । लुटेको खबर पाउन साथ ढुंखर्क प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले स्थानीयबासिन्दाको सहयोगमा भिमखोरी गाविस–६ घर भई हाल बनेपा बस्दै आएका २६ वर्षीय मिलन मगर र कुशादेवी–९ घर भई हाल बनेपामा बस्दै आएका २८ वर्षीय राम आचार्यलाई पक्राउ गरेको प्रहरी निरीक्षक बसन्त बहादुर रानाले जानकरी दिनुभयो ।
पक्राउ परेका तीन जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

फाइनान्सको रकम लुटेरा समुह पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment