चन्द्रमाको चट्टान काठमाडौँमा प्रदर्शन गरिदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चन्द्रमाको चट्टान काठमाडौँमा प्रदर्शन गरिदै

Share This
११ भदौ । चन्द्रमाको धरातलमा भेटिएको ३ अर्व ७५ करोड बर्ष पुरानो चट्टानको प्रर्दशनी काठमाडौंमा हुने भएको छ ।
चन्द्रमाबाट ल्याइएको चट्टान काठमाडौको प्रर्दशनीमार्गमा भदौ १३ गतेवाट एक महिनासम्म चल्ने बृहत बिज्ञान प्रर्दशनीमा राखिने भएको हो । मेयर बसाल्ट नामक चन्द्रमाको धरातलमा भेटिएको चट्टान प्रर्दशन गर्न लागेको आयोजक संस्था एभरेष्ट साइन्स सेन्टरले जनाएको छ । चन्द्र धरातलमा पहिलो पाइला टेकेका अमेरीकी बैज्ञानिक नील आर्र्मस्ट्रङ्को सम्झनामा मेयर बसाल्ट चट्टानको प्रर्दशन गर्न लागेको सेन्टरले जनाएको छ । सेन्टरलाई अमेरीकी अन्तरिक्ष प्रयोगशाला नाशाले चट्टान उपलव्ध गराएको हो । सन् १९७० मा गएको एपोलो १७ अन्तरिक्षयानमा सवार अमेरिकी अन्तरिक्ष बैज्ञानिक ज्याक स्टिमको टोलीले मेयर बसाल्टलाई पृथ्वीमा ल्याएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here