पाकिस्तानमा सुरक्षाकर्मीबाट बम बनाउने सामाग्री बरामद

५ भदौ । पाकिस्तानमा सुरक्षाकर्मीहरूले सय टनभन्दा बढी बम बनाउने सामग्री बरामद गरेका छन् ।

पाकिस्तानको क्वेटा शहरमा छापामार्ने क्रममा एक गोदाममा भारी मात्रामा बम बनाउने सामाग्री फेला परेको हो । सुरक्षाकर्मीले १० जनालाई पक्राउ गरेको छ ।

गोदामबाट बम बनाउने विभिन्न सामाग्रीहरुको मिश्रण गर्ने मेसिन समेत बरामद गरेको अधिकारीहरुले बताएका छन् । यो बर्षको सुरुवातमा पाकिस्तानमा २ सय जनाको ज्यान जानेगरी भएको विष्फोटमा समेत यस्तै प्रकृतिका सामाग्रीहरुको प्रयोग भएको थियो । क्वेटा शहरमा तालिवान लगायतका केही चरमपंथी संगठन सक्रिय छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...