आइएमईको नयाँ योजना, प्रत्येक गाविसमा सेवा विस्तार गरिने

३२ साउन । इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई)ले प्रत्येक गाउँ विकास समितिमा काउण्टर स्थापना गरेर गाउँतहसम्म प्रत्यक्ष सेवा पुर्याउने भएको छ ।
कम्पनीले आफ्ना सेवाग्राहीमाझ ल्याएको दशैंमा ‘एसएलसी’ नामको नयाँ योजना बारे जानकारी दिन विहीबार गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रत्येक गाउँ विकास समितिसम्म सेवा विस्तार गर्ने संयन्त्रको विकास गर्न लागेको बताएका हुन् । कम्पनीले तीज, दशैं र तिहार जस्ता नेपाली राष्ट्रिय चाडपर्वका अवसरमा सेवाग्राहीमाझ दशैंमा एसएलसी उपहार योजना ल्याएको जनाएको छ ।

योजना भाद्र १ देखि असोज ३१ गतेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ । योजनामा नेपालका ७६ आइएमई सेन्टर, २५ सय भन्दा बढी रेमिट्यान्स भुक्तानी काउन्टर तथा साझेदार बैक तथा वित्तीय संस्थाका देशभरी फैलिएका विभिन्न शाखाबाट आइएमई गर्नेहरु सहभागी हुने जनाइएको छ ।

यो योजनामा दैनिक रुपमा ‘लक्की ड्र’ गरी एकजनाले सामसुङ स्मार्टफोन, हप्तामा एक जनाले ३२ इन्चको सामसुङकै एलइडि टिभी र अन्तिममा बम्पर पुरस्कार अन्तर्गत एक जनाले हुण्डे इ ओ एन कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

स्तरीय सेवा, सहजता, सरलता र विश्वव्यापी सञ्जाल निर्माणमा प्रविद्धताका कारण कम्पनी विशिष्ट ब्राण्ड स्थापना गर्न सफल भएको कम्पनीको दाबी छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...