अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एक व्यक्ति पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एक व्यक्ति पक्राउ

Share This
१७ साउन । भीओआईपीमार्फत अन्तर्राष्टिय कल बाइपास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नवलपरासीको गैडाकोटमा घर भाडामा लिई कल बाइपास गर्दै आएका चितवन पिप्लेका अब्दुल शंकर एकवाल खानलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालयको सक्रियतामा गैडाकोटस्थित भिमबहादुर कार्कीको घरबाट खानलाई पक्राउ गरिएको छ । प्रहरीले एक सय उन्साठी थान सीम कार्ड, वायरलेस इन्टरनेट कनेक्टर तिन थान, ल्यापटप दुई थान, डेस्कटप कम्प्युटर एक थानलगायत समेत बरामद गरेको छ । खानलाई दूर सञ्चार ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here