श्रीलंकालाई सान्त्वना जीत, उपाधी दक्षिण अफ्रिकाले जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

श्रीलंकालाई सान्त्वना जीत, उपाधी दक्षिण अफ्रिकाले जित्यो

Share This
२३ साउन । दक्षिण अफ्रीका विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत गएराति सकिएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको छ ।
लगातार २ खेलमा पराजित भएको श्रीलंकाले तेस्रो खेलमा विजयी हुँदै सान्त्वना जित हात पारेको छ । श्रीलंकाको हाम्वानटोटामा भएको खेलमा टस जितेर पहिले ब्याटीङ गरेको दक्षिण अफ्रिकाले २० ओभर पुरै खेलेर ३ विकेटको क्षतिमा १६३ रन जोड्यो ।

१६४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको श्रीलंकाले ११ वल बाँकी छदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टएको हो । टिमको जितका लागि तिलकरत्ने दिलसानले सर्वाधिक अभिजीत ७४ रनको योगदान गरे । त्यस्तै माहेला जयवर्दनेले ३३ रन र थिसारा परेराले अभिजीत २५ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाको तर्फबाट फाफ दु प्लेसिसले ८५ रन र जियन पाउल डुमीनीले अभिजित ५१ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन । तीन खेलको श्रृङ्खलामा यस अघि दुई खेल दक्षिण अफ्रिकाले जितिसकेकाले श्रृङ्खला २–१ ले दक्षिण अफ्रिकाले जितेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here