१७ साउन । अर्घाखाँचीमा यातायात व्यवसायीले यात्रुसँग मनपरी भाडा असुल्ने गरेका छन् ।
वर्षादको समयमा ग्रामीण सडक भत्किएपछि एक त यातायातका साधन निर्वाधरुपमा चल्न सकेका छैनन भने अर्कोतिर सवारीसाधन पुग्ने ठाउँसम्मको भाडा पनि झण्डै दाब्बरजसो लिने गरेको स्थानीयबासीको गुनासो रहेको छ । एक स्थानीयबासीका अनुसार–‘सन्धिखर्क देखि हंसपुरसम्मको हिउँदको समयमा १ सय ३० रुपैयाको भाडा तिथ्र्यौ तर अहिले २ सय ८० रुपैया भाडा लिने गरेका छन् ।
हसपुरका शिक्षक गोकर्ण भुसालले यातायात व्यवसायीको मनपरी गर्दा आफहरुलाई सास्ती भएको बताउनुभयो । हसपुरबाट नौलापानी सम्म २ सय रुपयौ तिर्नु पर्ने र त्यसपछि अर्को गाडीमा ८० रुयपौ तिरेर आफु सन्धिखर्क आएको बताउनुभयो। के गर्ने आउनु पनि प¥यो,तर भाडा मनपरी लिन्छन् कसैले वास्ता गदैनन् उनले थपे ।’
म्यालपानीका कविता थापा आफुहरु अत्यावश्यक काम नभए सम्म सन्धिखर्क नआउने बताईन् । छोरो विरामी भएर सन्धिखर्क आएको बताउने थापाले यातायात भाडा मात्र आतेजाते ८ सय रुपैया तिरेको बताईन् । यातायात व्यवसायीले लिने भाडामा पनि एक रुपता छैन मान्छे अनुसारको भाडादर रहेको छ ।
कसैले १सय ५० रुपैया लिन्छन,कसैले २ सय पनि लिन्छन्, हसपुरबाट आएका भुसालले बताउनुभयो । जिल्लाका सबै ठाउँको यो साझा समस्या बनेको छ । यातायात व्यसायीले भने वर्खाको समय भएकाले केही बढी भाडा लिएको स्वार्कार गर्छन् । असहज स्थिति हुन्छ बाटो विग्रिएको हुन्छ, गाडीको मर्मतका लागि भएपनि बर्षाको समय केही बढी भाडा लिने गरेको व्यवसायीहरुको भनाई छ ।
स्थानीयबासीले भाडा तिरेको तिरै छन् तर प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक भने अनियमित रुपमा भाडा असुल्नेलाई कारबाही गर्ने बताउछन् तर के कारबाही होला त ? नियम विपरीत यात्रुबाट भाडा असुल्नेलाई ?
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

Home
Social News
यातायात व्यवसायीद्वारा मनपरी रुपमा भाडा असुली, झण्डै दाब्बर तिर्नु परेको यात्रुको गुनासो
यातायात व्यवसायीद्वारा मनपरी रुपमा भाडा असुली, झण्डै दाब्बर तिर्नु परेको यात्रुको गुनासो
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment