३० साउन । महाकालीका बाढीपीडित दार्चुलाबासीले सरकारले आफ्ना मागहरुको वेवास्ता गरेको भन्दै दार्चुला बन्द आह्वान गरेका छन् ।
बन्दका कारण सदरमुकाम खलंगा बजार पूर्णरुपमा ठप्प भएको छ । आफ्ना मागहरु पुरा नगरे केन्द्रसम्मै आन्दालने गर्ने बाढीपीडित विपद् व्यवस्थापन संघर्ष समितिले जनाएको छ ।
पीडितहरुले यसअघि नै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटी ८ बुँदे माग पत्र बुझाएका थिए । पीडितहरुले दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गरिनुपर्ने, पीडितहरुलाई पुनस्र्थापना गरिनु पर्ने, नगद क्षतिपुर्ति उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन् ।
उनीहरुले बैंकबाट लिएको ऋण मिनाहा गरिनुपर्ने र व्यवसाय सञ्चालनका लागि १० लाख रुपैयाँ ५ वर्षसम्म विना ब्याज उपलब्ध गराइनुपर्ने माग पनि राखेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बाढीपीडितबाट दार्चुला बन्द आह्वान
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment