दुई महिनादेखि वेपत्ता छेदीलाल साहको हत्या भएको खुलासा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दुई महिनादेखि वेपत्ता छेदीलाल साहको हत्या भएको खुलासा

Share This
१५ भदौ । दुई महिनादेखि बेपत्ता रहेका ताप्लेजुङका सिनियर अहेव छेदीलाल साहको हत्या भएको खुलसा भएको छ ।
सप्तरी घर भई ताप्लेजुङको थुकिमास्थित माश्रिङ स्वास्थ्य चौकीमा कार्यरत रहेका साहको हत्याको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेपछि हत्या भएको खुलासा भएको हो ।
असार २५ गतेदेखि रहस्यमय ढंगबाट बेपत्ता स्वास्थ्यकर्मी साहको हत्या भएको अनुसन्धानबाट खुलेपछि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
अर्यालका अनुसार अपराधमा संलग्न हुँदै आएका स्थानिय गिरोहले रिसीइवी सांध्ने मनशायले साहको हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
सप्तरीको खोक्सारप्रभा गाविसमा घर भई ताप्लेजुङमा सिनियर हेल्थ असिस्टेन्टका रुपमा कार्यरत शाह लामो समयदेखि बेपत्ता भएपछि सरकारले साहको बारेमा जानकारी दिनेलाई १० लाख रुपैया पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here