सर्पले टोकेर महोत्तरीमा एक किशोरीको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सर्पले टोकेर महोत्तरीमा एक किशोरीको मृत्यु

Share This
२८ साउन । महोत्तरीको किसाननगरमा विषालु सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ ।
आइतबार राती किसाननगर ३ मा सर्पले टोक्दा स्थानीय १७ बर्षिया मदमकुमारी क्याप्छाकीको मृत्यु भएको हो । घरमा सुतेकी किशोरीलाई निदाएको बेला सर्पले टोकेको हो । राती १२ बजे मात्र उनलाई सर्पले टोकेको थाहा भएको थियो ।

सर्पको टोकाइपछि गम्भीर बनेकी किशोरीलाई राती १ बजे सिरहाको बन्दिपुरमा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । तर केन्द्रका स्वास्थ्यकर्मीले ल्याउन ढिलो भएको भन्दै किशोरीको ज्यान गइसकेको भनेर फिर्ता पठाएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here