पाल्पामा सिन्दुरजात्रा मनाइँयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पाल्पामा सिन्दुरजात्रा मनाइँयो

Share This
१३ भदौ । पाल्पामा प्रत्यक वर्ष कृष्णजन्माष्टकीको भोलिपल्ट मनाइने सिन्दुरजात्रा यो वर्ष पनि मनाइएको छ ।
तत्कालिन कर्णेल उजिरसिंह थापाले नेपाल एकीकरणका क्रममा युद्धमा विजय भएपछि पाल्पामा यो जात्रा मनाउदै आएको प्रचलन छ । यो जात्रामा प्रत्येक वर्ष विहीबारकै दिन भगवतीको महिमा गाउने र सिन्दुर जात्रा गरेर रथलाई बजार परिक्रममा गर्ने गरिन्छ । रथलाई बिहानै पुजापाठ गर्ने, कुखुरा, बोका र पाडाको बली दिने चलन छ । भगवतीको रथ दिउँसो ३ पटक मन्दिर परिक्रममा गरी तानसेन बजार क्षेत्रमा घुमाइन्छ । १८७६ देखि बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेपछि थापाले भगवतीको मन्दिर बनाएर रथ जात्रा चलाएको जनविश्वास छ । पाल्पालीको पहिचानको रुपमा रहेको सिंदुरजात्राका दिन सरकारले बिदा दिदै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here