०४७ सालको संविधान व्युँताउन खोज्दा संविधान बनेनः डा. भट्टराई

१ भदौ । एकिकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले ४७ सालको संविधान ब्युँताउन खोजिएकाले अघिल्लो संविधानसभाबाट संविधान बन्न नसकेको दाबी गर्नु भएको छ ।

एकीकृत माओवादी काठमाडौं क्षेत्र नम्बर एकले काठमाडौमा शनिबार गरेको दोस्रो संविधानसभा चुनावका लागि घोषणापत्र तयारीका लागि सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले पुराना पार्टीहरुले ४७ सालको संविधान ब्युँताउन खोजेको तर आप्mनो पार्टीले भने त्यसको विरोध गर्दा संविधानसभा विघटन भएको बताउनु भएको हो ।
नेता भट्टराईले काग्रेस तथा एमाले पार्टीप्रति लक्षित गर्दै दलहरुले मिडिया र डनलाई आफ्नो आडमा राखेको जिकिर गर्नुभयो । कार्यक्रममा कार्यकर्ताहरुले आगामी चुनावका लागि पार्टीको रणनीति, महिलाको मुद्दाबारे पार्टीको धारणा, कर्णाली विकास, तथा बेरोजगारी, विदेश पलायन लगायतका विषयमा सुझाव दिएका थए । एकीकृत माओवादीले एक महिनादेखि देश भरका २ सय ४० निर्वाचन क्षेत्रमा सुझाव संकलन गरिरहेको छ । संकलित सुझावलाई आगामी चुनावको पार्टी घोषणापत्रमा समेट्ने जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...