विद्यालय निरिक्षक नै बने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

विद्यालय निरिक्षक नै बने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

Share This

१९ साउन । विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउन गएका विद्यालय निरक्षक नै आफै बिद्यालय व्यबस्थापन समितिको अध्यक्ष भएका छन ।
जिल्ला शिक्षा कार्यालय बझाङ्ग को प्रतिनिधित्व गर्दै पान्डु उच्च माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन पर्यवेक्षण गर्न गएका विद्यालय निरिक्षक हिक्मत बहादुर सिहं बिद्यालय व्यबस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत निवार्चित भएका हुन ।

जिल्ला शिक्षा कार्यालय बझाङ्गका अनुसार शिक्षा विभागले गैर अभिभावक र सरकारी निकायमा काम गर्ने बैत्तनिक कर्मचारीले बिद्यालय व्यवस्थापन समितिको पदाधिकारीमा बस्न नमिल्ने सार्वजनिक सुचना जारी गरेको भए पनि अभिभावकले अध्यक्ष बसिदिन कर गरेकोले आफु अध्यक्ष भएको सिहले वताएका छन ।

पान्डु उमाबिको अषाढ १४ गते बसेको अभिभावक भेलाले अध्यक्ष चयन गर्न नसके पछि दोस्रो पटक साउन १६ गते बुधबारका दिन अभिभावक भेला बोलाइको थियो ।
अभिभावक भेलामा अध्यक्ष चयनको लागी विवाद सुरु भए पछि अधिकांस सहभागीले निर्विवाद व्यक्तीलाइ अध्यक्ष बनाउनु पर्ने प्रस्ताव ल्याए पछि सिहलाइ अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको एक अभिभावक जयभक्त जोशीले वताए ।

अधिकांस अभिभावकले उनलाइ अध्यक्षको रुपमा स्विकारे पनि केहीले भने यसको विरोध गरेका छन । “सबै अभिभावकलाइ नबोलाई गाउँका बुढा पाकालाई बोलाएर सिहंलाई अध्यक्ष बनाएका हुन ।” सिहले आफु शिक्षाको कर्मचारी भएकाले बिद्यालयमा भौतिक पूर्वाधारलगायत र्आिथक सहयोग गर्ने प्रलोभन देखाएर आफू अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको स्थानिय जगत खड्काको आरोप छ ।

बिद्यालय व्यबस्थापन समितिको अध्यक्ष हुनका लागी अभिभावकहरु मध्यबाट मात्र हुन पाउने शिक्षा नियमावलीमा उल्लेख छ ।
साथै कानुन द्धारा तोकिएको अवस्थामा बाहेक कुनै पनि कर्मचारी र शिक्षक विद्यालय व्यवस्थापन समितिको पदाधिकारी रहन नमिल्ने र रहेको भए पनि हटाउने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here