धम्क्याएर चन्दा असुल्ने एक जना पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धम्क्याएर चन्दा असुल्ने एक जना पक्राउ

Share This
२७ साउन । व्यवसायीलाई धम्क्याएर चन्दा असुल्दै आएका नेपाल न्यायिक दलका केन्द्रिय कोषाध्यक्ष नवराज गौतमलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
मकवानपुरका २० जना व्यवसायीलाई धम्क्याएर चन्दा मागेको भन्दै प्रहरीले मकवानपुर आमभञ्ज्याङ–८ सरमपुरबाट पक्राउपछि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासैनीले गौतमले व्यवसायीहरुलाई चन्दा उपलब्ध गराउन धम्क्याएको गुनासोपछि गौतमलाई पक्राउ गरेको बताउनुभयो ।

उनले व्यवसायीलाई २ लाखदेखि १० लाख रुपैँयासम्म चन्दा मागेको प्रहरीको दावी छ । गौतमले चन्दा नदिए व्यवसायी र परिवारका सदस्यको ज्यान लिने धम्की दिएको भन्दै व्यवसायीको गुनासोपछि प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको निर्देशनमा गौतमलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रहरील गौतमले प्रयोग गर्ने एनसेल र स्मार्टका ४ वटा सिम, पार्टीको लेटरप्याड, भातृ संगठन नेपाल पिपुल्स आर्मीको लेटर प्याड र छाप, पेन ड्राइभ, रसिद प्याड लगायतका सामग्री पनि बरामद गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here