क्लब मैत्रीपूर्ण खेलमा टर्किस क्लब विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्लब मैत्रीपूर्ण खेलमा टर्किस क्लब विजयी

Share This
२१ साउन । टर्किस क्लब गालातासारेले क्लब मैत्रिपुर्ण इमिरेट्स कपको उपाधी जित्न सफल भएको छ ।
गएराती भएको खेलमा गालातासारायले इंङ्ग्लिस क्लब आर्सनललाई १ का बिरुद्ध २ गोल अन्तरले पराजित गदै उपाधी जितेको हो । खेलको २८ औ मिनेटमा आर्सलनका लागी थिव वाल्टकले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म आर्सनल, गालातासाराय भन्दा एक—शुन्य गोल अन्तरले अगाडी रहेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ७९ औं मिनेटमा गालातासारायकालागी डिडिएर ड्रोग्बाले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ८८ औ मिनेटमा पुन ड्रोग्बाले गोल गरे । निर्धारित ९० मिनेटको समयसम्म आर्सनलले पनि गोल गर्ने अवसर पाए पनि मौकाको सदुपयोग भने गर्न सकेन र गालातासारायसंग दुई—एक गोल अन्तरको हार ब्यहोर्न बाध्य भयो । यता गएराती नै भएको अर्को खेलमा भ्यालेन्सियाले इन्टर मिलानमाथि चार—शुन्य गोल अन्तरको जित दर्ता गराउन सफल भएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here