युएफा च्याम्पियन्स लिगमा प्ले अफ खेलहरु शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

युएफा च्याम्पियन्स लिगमा प्ले अफ खेलहरु शुरु

Share This
५ भदौ । यूरोपियन क्लव फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग छनौटका प्ले अफ खेलहरु सुरु भएका छन् ।
प्ले अफ अन्तर्गत गएराती सम्पन्न पहिलो लेगका खेलहरुमा स्पेनको रियाल सोसीडाड, रुसको जेनिथ सेन्ट पिट्सवर्ग र काजखस्तानको शख्तर काराग्राण्डी विजयी भएका छन् ।

फ्रान्समा भएको खेलमा स्पेनीस क्लव सोसीडाडले स्थानीय टिम लियोंलाई २÷० ले हरायो । यसैगरी काजखस्तानमा भएको खेलमा घरेलु टोली काराग्रण्डीले स्कटल्याण्डको सेल्टीकलाई २÷० ले हराँउदा चेक गणतन्त्रको क्लव प्लिजेनले आप्mनै मैदानमा स्लोभेनियाको मारीबोरलाई ३र१ ले हरायो ।

यसैगरी रुसको जेनिथले पोर्चुगलको पाकोस डे फरेरालाई ४÷१ ले हरायो । यसैगरी नेदरल्याण्ड्सको पिएसभी आईन्डोभन र ईटालीको एसी मिलानविचको खेल एक एक गोलको बराबरीमा सकिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here