जेष्ठ नागरिकहरुको आन्दोलन जारी, कानुनले दिएको अधिकार नपाएको गुनासो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जेष्ठ नागरिकहरुको आन्दोलन जारी, कानुनले दिएको अधिकार नपाएको गुनासो

Share This
३० साउन । कानुनले दिएको अधिकार पनि नपाएको भन्दै ज्येष्ठ नागरिकले गत फागुन २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यातायात भाडा र स्वास्थ्य उपचारमा सहुलीयत माग्दै यातायात व्यवस्था कार्यालय अगाडी धर्ना बसिरहेका ज्येष्ठ नागरिकका माग अहिलेसम्म पूरा भएको छैन् । सरकारले ६ महिनापछि वार्तामा त बोलायो, तर ज्येष्ठ नागरिकको माग भने पूरा गरेन ।
ज्येष्ठ नागरिकले यातायात भाडामा सहुलियतसहित कानुनले दिएका सहुलियत माग्दै ६ महिनादेखि आन्दोलन गरिरहेका छन् । महिनौंको आन्दोलनपछि ज्येष्ठ नागरिकलाई वार्तामा बोलाएको सरकारले भदौ १ गतेदेखि लागू हुने गरी प्रत्येक सार्वजनिक यातायात साधनमा दुई सिट जेष्ठ नागरिकको लागि आरक्षण छुट्याउने र दुई जनालाई मात्र ५० प्रतिशत सहुलियत दिन सकिने बतायो । तर संख्या नतोकी ६० वर्षमाथिका सबैले सहुलियत पाउनुपर्ने माग राखेका छन् ।

६ महिनादेखि चलिरहेको धर्नाका क्रममा विरामी परेका ७२ वर्षिय रामु खत्री क्षेत्रीको निधन भएपछि मात्र सरकारले ज्येष्ठ नागरिकलाई वार्तामा बोलाएको थियो । तर वार्तामा बोलाए पनि आफ्ना मागहरुलाई बेवास्ता गरेको उनीहरुको दुखेसो छ । जेष्ठ नागरिकले पूरा नगरे आन्दोलन देशव्यापी बनाउने घोषणा समेत गरेका छन् ।

जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ अनुसार ६० वर्ष पुगेका सबै नेपाली नागरिक जेष्ठ नागरिक हुन् । उनीहरुलाई राज्यका तर्फबाट वृद्धा भत्ता र सरकारी स्वास्थ्य संस्थामा निशुल्क र निजी संस्थामा ५० प्रतिशत छुटसहित उपचार दिनुपर्छ । त्यसो त ऐनको दफा ९ (१) मा ‘सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुनेछ ।’ तर कानुनले तोकेको सुविधान नपाएको भन्दै ज्येष्ठ नागरिक धर्नामा छन् । यसतर्फ सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने होइन र ?

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here