म्यान्चेष्टरसँग न्यूक्यासल ४–० गोल अन्तरले पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

म्यान्चेष्टरसँग न्यूक्यासल ४–० गोल अन्तरले पराजित

Share This
४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गत सिजनको उपविजेता म्यान्चेस्टर सिटीले बिजयी सुरुवात गरेको छ ।
सोमबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासललाई शुन्यका बिरुद्ध चार गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको ६ मिनेट बित्न नपाउँदै सिटीकालागी डेभिड सिल्भाले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २२ औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे ।

खेलको पहिलो हाफ सकिनै लाग्दा स्टेभेन टाइलोर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफसम्म दुई—शुन्य गोल अन्तरले अगाडी रहेको सिटीका लागी खेलको ५० औ मिनेटमा याया टाउरेले गोल गरे । त्यस्तै, खेलको ७५ औं मिनेटमा सामिर नास्रीले गोल गरेपछि न्युक्यासल स्तब्ध भएको थियो । जितपछि म्यान्चेस्टर सिटीले महत्वपुर्ण ३ अंक बटुलेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here