नागरिकता बनाउन घूस वापत २० लाख बराबरको जग्गा माग - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नागरिकता बनाउन घूस वापत २० लाख बराबरको जग्गा माग

Share This
ज्ञानु गौतम
३१ साउन । बाँकेको नरैनापुरका एक कर्मचारीले नागरिकता बनाउन एकजना किशोरीसंग घूस वापत २० लाख बराबरको जग्गा माग गरेको खुलासा भएको छ ।
नरैनापुरका कर्मचारी शैलेन्द्र कुमार कर्णले मटेहिया गाबिस वडा नं.७ हुलासपुर्वा गाउँ बस्ने किशोरी कान्ति कुमारी यादवसंग नागरिकता बनाउन २० लाख मूल्य पर्ने १० बिघा जग्गा मागेको आरोप छ । उनले प्रशासनमा उजुरी गर्दै उक्त आरोपसहित भ्वाइस रेकर्ड आफुसँग रहेको खुलाएकी हुन् ।

पीडित किशोरीले जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर गरेको उजुरी हुलाक मार्फत दैनिक नेपालगन्जलाई समेत सोमवार प्राप्त भएको छ । किशोरीको घर र जग्गा गाउँका केही ब्यक्तिहरुले कब्जा गरेको उजुरीमा उल्लेख छ ।

एचआईभी÷एड्सका कारण किशोरीको बुबा पारस नाथ यादवको सन २००१ मा मृत्यु भएको र बाजे तथा बज्यैको सन २००३ मा मृत्यु भएपछि बेसहारा बनेकी किशोरीको आमा केशरानी यादव समेत बेपत्ता पारिएकी अवस्थामा रहेको उल्लेख छ । किशोरीका अनुसार, उनकी आमा केशरानी यादवलाई उनकै गाउँका इबरार अहमद शाह र उनका बुबा इनायत अली शाहले ८ वर्ष अघि भारतको बहराइच उपचार गराउन लगेको र सो पछि आमा फर्की नआएको बताइएको छ ।

दैनिक नेपालगन्ज संग कुरा गर्दै किशोरी कान्ति कुमारी यादवले आफु नागरिकताका लागि पटक पटक इलाका प्रशासन कार्यालय नरैनापुर बाँके धाउँदै आएको बताइन । इलाकाले सनाखत गर्ने मान्छे नभएका कारण नागरिकता दिन नमिल्ने बताएपछि आफु न्याय खोज्दै जिल्ला प्रशासनमा आएको बताइन । किशोरीको जग्गा उयोग गरिरहेकी फुपुले समेत सनाखत गर्न नमानेको प्रशासनको भनाइ छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here