‘चुनावको लागि काँग्रेस कार्यकर्ता तयार’

२६ साउन । आगामी मंसीर ४ गते हुने भनेर मिति तय भएको दोस्रो संविधानसभा निर्वाचनको लागि आफुहरु पूर्णरुपमा तयार भएको स्थानीय ललितपुरको टिकाथलीका काँग्रेस कार्यकर्ताहरुले बताएका छन् । नेपाली काँग्रेस टिकाथली गाविस वडा नं ४ इकाई समितिद्धारा शनिबार लौहकिल्थलीमा आयोजित कार्यकर्ता भेला तथा परिचयात्मक कार्यक्रममा काँग्रेस कार्यकर्ताहरुले सो कुरा बताएका हुन् ।

उनीहरुले विगतमा आफ्नो पार्टी छोडेर अन्यत्र गएका कार्यकर्ताहरुलाई बोलाएर नेपाली काँग्रेसलाई एकढिक्का बनाई चुनावमा सहभागी भए ललितपुरमा मात्रै नभई धेरै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले जित्ने दावी समेत गरे । उनीहरुले कुनै वाधा अड्चन आएन र निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने निर्वाचनपछि जसरी भएपनि संविधान बनाउन आफ्ना नेताहरुलाई दवाव पनि दिएका थिए ।
टिकाथलीको वडा नं ४ मा मात्रै हाल चारसय घरधुरी रहेको र त्यहाँ आधा स्थानीय र आधा अन्यत्रबाट बसाई सरेर आएकाहरुको वस्ती छ ।

नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादर अमात्यको प्रमुख आतिथ्यमा भएको सो भेलामा सो वडाको पुर्व वडाध्यक्ष कृष्णबहादुर केसीलाई काँग्रेस वडा ईकाईको तर्फबाट जिल्ला सभापति अमात्य तथा पार्टीको ४ नं इकाई समितिका सभापति राजन केसीले ढाकाटोपी र टिका लगाएर सम्मान गरे ।

आयोजक नेपाली काँग्रेस टिकाथली गाविस ४ नं इकाई समितिका सभापति राजन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीले चुनावका लागि गरिरहेको तयारीका बारेमा बताएका थिए भने अछामका पुर्वसभासद अक्कलबहादुर विष्ट, पुर्व सभासद रामकृष्ण चित्रकार, नेपाली काँग्रेस ललितपुरका पुर्व जिल्ला सभापति चन्द्रबहादुर महर्जन, जिल्ला सचिव रविन्स शर्मा, जिल्ला सदस्य चन्द्रबहादुर केसी, स्थानीय काँग्रेस नेता मित्र राईलगायतले बोलेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...