लागू औषध कारोबारमा संलग्न एक गिरोहका नाइके मेक्सिकोमा पक्राउ

२ भदौ । लागू औषध कारोबारमा संलग्न विश्वकै खतरनाक मानिने एक गिरोहका नाइके मेक्सिकोमा पक्राउ परेका छन् ।


एक्स ट्वान्टी नामबाट चिनिने मारियो रामिरेज ट्रेभिनो नामक ती व्यक्ति कोकिन लगायतका लागू औषध ओसार पसारमा संलग्न थिए ।

मेक्सिकोमा नयाँ राष्ट्रपतिको रुपमा एनरिक पेना निटो नियुक्त भएपछि हाइ प्रोफाइल भएको लागू औषध तस्कर पक्राउ परेको यो दोस्रो घटना हो ।

लागूऔषध कारोबारी एक्स ट्वान्टीलाई सर्वाधिक खोजीको सूचीमा राख्दै अमेरिकाले उनीबारे जानकारी दिनेलाई करिब ५० करोड रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

मेक्सिकोले पनि उनीबारे जानकारी दिने व्यक्तिलाई करिब ३० करोड रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।
गत वर्ष उक्त लागू औषध कारोबार गर्ने उक्त समूहले खाडी मुलुकहरुको संगठन गल्फ कमिटीका एक उच्च अधिकारीलाई अपहरण गरी अर्बौ डलर लुटेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...