२६ साउन । स्पेनिस क्लब सेभिल्ला बिरुद्धको क्लब मैत्रिपुर्ण फुटबल खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड पराजित भएको छ ।
गएराती भएको खेलमा सेभिल्लाले म्यान्चेस्टर युनाइटेडलाई १ का विरुद्ध ३ गोल अन्तरले हराएको हो । खेलको २१औं मिनेट पनि बित्न नपाउदै सेभिल्लाका माचिनले गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै, माचिनले गोल गरेको चार मिनेट पनि बित्न नपाउदै मार्को मारिनले गोल गदै खेललाई दुई—शुन्यको स्थितीमा ल्याएका थिए । खेलको पहिलो हाफसम्म दुई—शुन्य गोल अन्तरले पछाडी परेको म्यान्चेस्टर युनाइटेडकालागी खेलको ६५औं मिनेटमा एन्टानियो भ्यालेन्सियाले गोल गदै खेललाई दुई—एकको स्थितीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको ८१औ मिनेटमा सेभिल्लाका राबेल्लोले गोल गरेपछि म्यान्चेस्टर युनाइटेड स्तब्ध बनेको थियो । त्यसपछि खेलमा थप गोल भएन र खेल सेभिल्लाले तिन—एक गोल अन्तरले जित्यो । यता गएराती नै भएको अर्को क्लब मैत्रिपुर्ण खेलमा नपोलीले बेन्फिका लोस्बोनमाथि दुई—एक गोल अन्तरको जित दर्ता गराउन सफल भएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment