२२ साउन । गोरु काटेर खाएको अभियोगमा सोमबार स्याङ्जामा पाँचजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार पक्राउ पर्नेहरुमा हस्तबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, राजेन्द्रबहादुर क्षेत्रीका छोरा कृष्णबहादुर क्षेत्री, रेशम पौडेल र शिव भन्ने वेदप्रसाद पौडेल रहेका छन् ।
उनीहरुले चिलाउनेबास गाविस वडा नं ८ की पद्माकुमारी पौडेलको गोठमा रहेको गोरु चोरेर वडा नं ९ स्थित अन्धाअन्धी खोलाको किनारमा लगेर काटेर खाएका थिए ।
प्रहरी निरीक्षक बरुवालका अनुसार उनीहरुले गोरुको केही मासु खाएका र केही त्यही ठाउँमा पुरेर राखेको अवस्थामा पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्ल र प्रहरीको टोलीले गाडिएको मासु उत्खनन गरी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई गौबधसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

गोरु काटेर खाने पाँच जना विरुद्ध गौबधसम्बन्धी मुद्दा दायर
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment