एसएलसीको पूरक परीक्षको नतिजा भदौ अन्तिम सातामा प्रकाशन गर्ने तयारी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एसएलसीको पूरक परीक्षको नतिजा भदौ अन्तिम सातामा प्रकाशन गर्ने तयारी

Share This
३ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले प्रवेशिका (एसएलसी) पूरक परीक्षाको नतिजा भदौको अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उप–नियन्त्रक प्रल्हाद अर्यालले परीक्षामा उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न मिल्ने गरी कार्यालयले छिटो नतिजा प्रकाशित गर्न लागेको बताउनुभयो । गत साउन २० गतेबाट सुरु भई २७ गते सम्पन्न परीक्षाको नतिजा भदौ अन्तिम सातासम्म प्रकाशन गर्नका लागि तीव्र रुपमा काम भईरहेको अर्यालले जानकारी दिनुभयो ।

उत्तरपुस्तिका परीक्षणका लागि कुल १८ वटा परीक्षण केन्द्र तोकी परीक्षण भइरहेको तथा देशभरका १८ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र तोकी केन्द्रमा आवश्यक पर्ने सामग्री र उत्तरपुस्तिका पु¥याउने काम सकिएको छ नियन्त्रक कार्यलयले जनाएको छ ।

उत्तरपुस्तिका जाँच सकेर यसै महिनाको अन्तिम सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य कार्यलयले लिएको जनाएको छ ।
गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा पूरक परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here