सारश्वरक्षेत्रको कफ्र्यु हट्यो, परिस्थिति बिग्रन नदिँन २५ सय प्रहरी तैनाथ

२६ साउन । युवती जिस्काएको विषयमा दुई युवा समुहबीच भएको विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले सिराहको सारस्वर क्षेत्रमा लगाइएको कफ्र्यु विहान ४ बजेबाट खुलेको छ ।
दुई युवा समुहको झडपको परिस्थिति बिग्रन नदिन स्थानीय प्रशासनले २५ सयभन्दा बढी प्रहरी तैनाथ गरेको जनाएको छ ।

कफ्र्यु हटे पनि जनजीवन अझै सामान्य बन्न सकेको छैन । आफूहरु असुरक्षित रहेको भन्दै सारश्वर गाउँका केही व्यक्ति घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।
शुक्रबार दुई पक्षका युवाबीच झडप हुँदा उक्त क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । यही श्रावण १९ गते धनुषाबाट बोलबम यात्रामा गएका केही महिलालाई स्थानीय युवाले जिस्क्याएको निहुँमा झगडा बढ्दै जाँदा दुई पक्षबीच झडप भएको थियो ।

त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै दर्जनौं अश्रुग्याँससमेत प्रहार गरेको थियो भने केही युवाले स्थानीयका खरका घरमा आगजनी समेत गरेका थिए ।

घटनाका विषयमा सत्य तथ्य सार्वजनिक गर्नका लागि स्थानीय प्रशासनले शुक्रबार नै तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको थियो । छानविन समितिको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...