चुनाबमा नजान राजनीतिक दलका नेताहरुलाई नेकपा–माओवादीको धम्की पत्र (पत्र सहित)


१५ भदौ । आसन्न संविधानसभा निर्वाचनको बिरोध गर्दै आएको मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले नुवाकोटका विभिन्न राजनीतिक दलका नेताहरुलाई धम्की पत्र पठाएको छ ।


मंसिर ४ गतेको लागि तोकिएको संबिधानसभा चुनावले देशमा द्धन्द्ध निम्तिने भन्दै नेकपा माओवादीले एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी लगायतका ४२ जना नेताहरुलाई चुनावमा सहभागिता नजनाउन आग्रह गरेको छ । नेकपा माओवादी नुवाकोटका कार्यवहाक इञ्चार्ज सुरेश तामाङ र नुवाकोट सेक्रेटरी मिना वाइवाले हस्ताक्षर गर्नुभएको पत्र सम्वन्धित नेताहरुको पार्टी कार्यालयमा नै बुझाएको छ ।
निर्वाचनमा सहभागि नहुनका लागि व्यक्तिगत रुपमा पत्र पठाइएकाहरुमा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य पोष्टबहादुर बोगटी सहित २९ जना, नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. प्रकाशशरण महत, सहित ६ जना, यस्तै, नेकपा एमालेका महेन्द्रबहादुर पाण्डे, राजेन्द्रप्रकाश लोहनी, केशव पाण्डेसहित ५ जनालाई चिठी बुझाएको छ । यस्तै राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी सहित ४२ जनालाई आसन्न चुनावमा उम्मेदवारीको प्रस्ताव फिर्ता लिन र चुनावी अभियानमा पनि नलाग्न आग्रह गरेको नेकपा माओवादी ताम्सालिङ राज्य समिति सदस्य नारायण नेपालले बताउनुभएको छ ।


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...