३२ साउन । महोत्तरीको व्यापारिक केन्द्र गौशालामा गएराति डाँकाहरुको समूहले आधा दर्जन घरमा लुटपाट मच्चाएको छ ।
घरेलु हतियारसहित आएका डाँकाहरुको समूहले गौशाला – ६ का मिश्रीले साह सोनार, विरवल महतो, भरत महतो, राजकिशोर महतो, देवशरण महतो र रामसोगारथ साहको घरबाट लाखौंको धनमाल लुटेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
बिहीबार राति डेढ बजे लाठी, खुकुरी, तरवारसहित आएका डाँकाहरुको समूहले सुनचाँदी, लत्ताकपडा मोबाइल र नगदसहित चार लाख बरावरको धनमाल लुटेको पीडित राजकिशोर महतोले बताए ।
डाँकाहरुले गाउँलेहरुलाई हातहतियार देखाई नियन्त्रणमा लिएर एक घण्टासम्म लुटपाट मच्चाएका थिए । सो क्रममा उनीहरुको प्रतिकारमा उत्रेका ६ जनाभन्दा बढी स्थानीय घाइते भएका छन् ।
घाइतेहरुको गौशाला स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

अज्ञात समुहबाट महोत्तरीको गौशालामा लुटपाट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment