३ भदौ । बारा प्रहरीले बँदेलसहित तीनजना तस्करलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले ९ वटा बँदेल र एउटा जीपसहित ३ जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रक्राउ पर्नेमा सिन्धुलीका चश्मालाल गोले, काभ्रे शंखुका दानबहादुर तामाङ र जीपका सहचालक गोविन्द लिम्बु रहेका छन् ।
बा ५ च ९९०२ नम्बरको टाटा जीपमा राखी काठमाडौं लैजाने क्रममा बँदेलसहित पक्राउ गरेको इलाका प्रहरी निजगढले जनाएको छ । गोलेले बाराको भरतगञ्जसिगौलबाट बँदेल किनेर बिक्रीका लागि काठमाडौ लैजान लागेको प्रहरीलाई बताएका छन् । यसैवीच बाराको धनसार नजिकै एउटा मृत हरिण फेला परेको प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बँदेलसहित तीन जना तस्कर पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment