मतदाता केन्द्रको सुरक्षा र व्यवस्थापनको जिम्मा राजनीतिक दललाई दिइने तयारी

३० साउन । निर्वाचन आयोगले मतदान केन्द्रको सुरक्षा र व्यवस्थापनका लागि हरेक राजनीतिक दललाई जिम्मा दिने तयारी गरेको बताएको छ ।

बुधबार काठमाडौंमा भएको कार्यक्रममा निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दललाई जिम्मेवार बनाउन तिनका एक÷एक जना प्रतिनिधिलाई सुरक्षा र व्यवस्थापनको जिम्मा दिन लागेको बताउनु भएको हो । आयुक्त यादवले छुटेका मतदातालाई समेट्न केही दिनका लागि मतदाता नामावली संकलन कार्य फेरि सञ्चालन गर्ने बताउनुभयो ।

आयुक्त यादवले संविधानमै अस्पष्ट भाषा प्रयोग भएकाले कतिपय अवस्थामा आयोग अप्ठेरोमा परेको गुनासो पनि गर्नुभयो । संविधानविद् दिनेश त्रिपाठीले निर्वाचन हुनेमा अझै आशंका रहेको बताउनुभयो । उहाँले मजबुत निर्वाचन ऐन हुन नसकेको भन्दै नयाँ संविधानसभा ‘मनि, मसल्स र माफिया’ को चङ्गुलमा पर्ने खतरा रहेको बताउनुभयो ।

त्रिपाठीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेद्वार र दललाई अयोग्य घोषणा गर्ने नैतिकता राख्न आयोगलाई आग्रह गर्नुभयो । कार्यक्रममा ओमन एक्ट नेपाल र साुमदायिक साझेदारी संस्थाले देशभर संकलन गरेका निर्वाचनसम्बन्धी सुझाव निर्वाचन आयुक्त यादवलाई हस्तान्तरण गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...