देशको आर्थिक प्रगतिकालागि चुनाव हुनुपर्छः खिलराज

२ भदौ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक अस्थिरता अन्त्य गरेर आर्थिक प्रगतितर्फ उन्मुख हुन तोकिएकै समयमा चुनाव हुनुपर्ने बताउनु एको छ

काठमाडौमा आइतबार भएको कार्यक्रममा अध्यक्ष रेग्मीले देश रजनीतिक अस्थिरताका कारण विकास हुन नसक्नु दुखद भएको भन्दै जतिसक्दो छिटो चुनाव गरेर देशलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले संविधानसभाको चुनाव सगँसँगै संविधान निमार्ण गरी जारी गर्न सके देशले केही बर्षमै विकासमा फड्को मार्न सक्ने दाबी गर्नुभयो ।
रेग्मीले सरकार र निर्वाचन आयोगले चुनावको अधिकांश तयारी गरीसकेकाले असन्तुष्ट दललाई विरोध गर्न छोडेर चुनावमा आउन पनि आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...