गाविस सचिवहरुको आन्दोलनले सेवाग्राही मर्कामा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गाविस सचिवहरुको आन्दोलनले सेवाग्राही मर्कामा

Share This
१४ भदौ । राप्तीका सबै जिल्लाका गाबिस सचिवहरुले कामकाज ठप्प पारी आन्दोलन सुरु गरेपछि त्यहाँका सबै सरकारी तथा अन्य कार्यालयहरु सुनसान बन्न थालेका छन् ।
अधिकांश सरकारी कार्यालयहरुका गाविस सचिवहरुको स्वीकृति तथा सिफारिस बिना काम नहुने भएपछि कार्यालयहरु सुनसान बनेका छन् ।

यसैबीच, रोल्पाका सबै गाविस सचिवहरुले कार्यालयका सम्पूर्ण छाप तथा लेटरप्याड लगायत गाविस कार्यालयका सबै कागजात प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

रोल्पाका ५१ वटै गाविसका सचिवहरुले रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको सरुवा नहुदाँसम्म काम नगर्ने निर्णय गर्दै जिल्ला प्रशासनमा गाविसका कागजातहरु बुझाएका हुन् ।

गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाइमा राप्ती अञ्चलका गाविस सचिवहरु विगत ६ दिनदेखि आन्दोलनमा छन् । राप्ती अञ्चलमा २ सय १९ वटा गाविस रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here