अविरल बर्षापछिको बाढीले जापानमा ५ जनाको मृत्यु

२६ साउन । जापानमा लगातारको बर्षा पछि आएको बाढीमा ५ जनाको मृत्यु भएको छ ।

उत्तरी जापानका विभिन्न क्षेत्रमा बर्षासँगै आएको बाढी पहिरोका कारण मानिसहरुको ज्यान गएको हो । जापानको आकिता प्रान्त क्षेत्रका बासिन्दालाई अधिकारीहरुले सुरक्षित स्थान तर्फ सर्न आग्रह गरेका छन् ।

त्यस्तै जापानी सेनालाई स्थानिय सरकारले आकस्मिक सहायता गर्न आग्रह गरेको जनाइएको छ । बाढी पहिरोमा हराइरहेका केही मानिसहरुको खोजी कार्य जारी छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...