कृष्ण ओली
प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडिमालिका मेलालाई यो वर्ष भव्य र व्यवस्थित बनाइने भएको छ । सुदूरपश्चिमकै सुप्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित बडीमालिका क्षेत्रको मेलालाई यो वर्ष बिगत भन्दा भव्य र व्यवस्थित बनाउने तयारी भइरहेको निमित्त स्थानीय विकास अधिकारी नीरबहादुर शाहीले जानकारी दिएका छन् । बाजुराको कैलाशमाण्डौ गाविसमा पर्ने बडिमालिका भगवतिको मन्दिरमा यो वर्ष भदौं पाँच गते मेला लाग्ने भएको छ ।
जनैपूर्णिको अधिल्लो दिन चतुर्दशीमा लाग्ने मेलामा जाने दर्शनार्थिको भीड नियन्त्रण, व्यवस्थित र सहज गर्न जिल्ला स्काउट दल र रेडक्रस कर्मी विद्यार्थीहरुको टोलि खटाइने र सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिने भएको छ । विगतमा जिल्ला बाहिरबाट भगवतिको दर्शनका लागि आएका श्रद्धालु भक्तजनहरुलाई खान, बस्नको समस्या हुने, मदिरा सेवन गरेर होहल्ला गर्ने, स्थानीय आफ्नो स्वामित्व देखाउने जस्ता क्रियाकलाप हुने गरेकोले नै यो वर्षबाट कडा सुरक्षा व्यवस्था सहित दुई सय बढी स्काउट र रेडक्रस कर्मी विद्यार्थीलाई परिचालन गर्ने अधिकारी शाहीले बताए ।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा र कालिकोटबाट प्रहरीको टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी धु्रबराज जोशीले जानकारी दिए । सो क्षेत्रको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्ष जनकराज पाण्डेको नेतृत्वमा टोली खट्ने भएको छ । टोली साउन ३२ गते नै बडिमालिका जाने प्रहरी निरीक्षक हिम्मत बोहराले बताए । मेला अवधि भर मदिरा निशेष गरिने छ । बीचबाटोमा बास बस्नका लागि जिल्ला बाहिरको दर्शनार्थिलाई रेडक्रसले पालपनि उपलब्ध गराउने भएको छ ।
बडिमालिका भगवतिको दर्शनका लागि बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बझाङ्ग, दार्चला, कैलाली, कंचनपुर, मुगु, हुम्ला, कालीकोट, सुर्खेत लगाएत देशका विभिन्न ठाँउका दर्शनार्थीहरु आउने गर्दछन् । बढीमालिका भगवतिको दर्शन गर्नु पूर्व त्रिवेणी धामको पवित्र जलमा स्नान गरी ,पाप पखाल्ने र एक बास त्रिवेणी मै बसेर शुद्ध मन लिएर मात्र जाने चलन रहेको छ ।
बडिमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मीक विश्वास रहेको छ । जनैपूर्णिको अधिल्लो दिन चतुर्दशीका दिन बडिमालिका लगाएत जिल्लाका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौ लगाएतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पुजा गरिने भएको हो ।
तिर्थालुहरुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन ब्रत बस्ने र भगवती कै ध्यान गर्ने गर्दछन् । यो गर्दा ‘दुखिलाई सुख, निसन्तानीलाई सन्तान, अनि गरीबलाई धन’ लाभ हुने धार्मिक विश्वास छ । यहि विशेषता र आस्थाका कारण बडीमालिका भगवितको दर्शनका लागि बाजुराका मात्र नभई अन्य जिल्लाका भक्तजनहरुले आ आफ्नै विश्वास र आशा बोकेर आउने पुजारी भानुझक्त पाध्यायले बताए ।
यो क्षेत्रको धार्मिक महत्वमात्र नभई १४० भन्दा बढी जातका फूल, १३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना चराचराउनका लागि उपयुक्त रहेका २२ वटा घाँसे मैदान, तीन वटा नदिको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जैनौ देशका जिल्लाहरुलाई नियाल्न सकिने अग्गा अग्ला हिमश्रृखलाहरु बढीमालिकाका मन लोभ्याउने प्रमुख बिषेशता रहेका छन् ।
धार्मिक, ऐतिहासिक र पर्यटकिय महत्वको गहना बडिमालिका क्षेत्रको विकासका लागि सरकारी पहल भने अझै भएको पाइदैन् । २ वर्ष पहिले वन संरक्षित क्षेत्रको रुपमा घोषणा गरेपछि त्यसको कार्यान्वन भएको छैन् । यस वर्षको जनैपूर्णिमा विशेष महत्वका साथ मनाइने खबरसँगै दर्शनार्थिहरु पनि निकै उत्साहित छन् ।
बडीमालिका लगाएत अन्य धार्मिक मन्दिरहरुमा सुख र खुसी प्राप्तीका लागि भन्दै दर्शनार्थीहरुले सुना चाँदी र अन्य बहुमुल्य गरगहना चढाउने गर्दछन्, तर पनि ति समानको सरकारी ढुकुटीमा भने गएको देखिदैन । १४ हजार फिटभन्दा माथि रहेको बडिमालिका भगवतिको मन्दिरमा दर्शनार्थीहरुलाई बर्षा बाहेक अरु केहि समस्या हाल सम्म भएको छैन् । यहाँ बैशाख पूर्णिमा अर्थात गंगादशहराका बेला पनि पुजा लाग्ने र त्यस अवरमा नेपाली सेनाको विशिष्ठ अर्था सरकारी अधिकारीबाट पुजा गर्ने गरिन्छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बडीमालिकाको मेला व्यवस्थित बनउनक जुटे स्थानीयबासी
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment