सिरिया शान्ति सम्मेलन अक्टोबर अघि हुने सम्भावना न्यून

२९ साउन । रसियाले सिरिया शान्ति सम्मेलन अक्टोबर अघि हुने सम्भावना न्युन रहेको बताएको छ ।

सिरियामा सरकारी सेना र बिपक्षी बिद्रोहीको भिडन्तले चरम रुप लिइरहँदा रसियाले सिरिया शान्ति सम्मेलन दुई महिना पछिमात्र हुने बताएको हो । आफ्नो कुटनैतिक कार्यतालिका व्यस्तताका कारण सम्मेलन पछि धकेलिएको रसियाली विदेशमन्त्रीले बताएका छन् ।

सिरिया सरकारको समर्थक रसिया र बिपक्षी बिद्रोही समर्थक अमेरिकाको प्रस्तावमा यो महिना स्वीजरल्याण्डको जेनेभामा सिरिया शान्ति सम्मेलन आयोजना गर्ने तयारी भएको थियो । सिरिया शान्ति सम्मेलन गत मेमा गर्ने दुई मुलुकको योजना भएपनि विभिन्न कारणका देखाउँदै पछि सर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...