परमेश्वर धाममा बोलबम यात्रीको घुइँचो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

परमेश्वर धाममा बोलबम यात्रीको घुइँचो

Share This
५ अगष्ट । नेपालको सबैभन्दा पुरानो रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा बोलबम यात्रीको घुइँचो लागेको छ ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा शिवज्योतिर्लिङ्गमा साउन महिनाभर पवित्र गंगा जल, दुध, बेलपत्र आदी अर्पण गर्ने गरिन्छ ।

पश्चिमको पशुपतिनाथको नामले समेत चिनिने पर्रोहा परमेश्वर धाममा सोमबार मात्रै १ लाख श्रद्धालुहरुले जलार्पण र पुजासोमबारा गरेको बोलबम धामले जनााएको छ । बिषेश गरि साउन महिनाको सोमबार शिवज्योतिर्लिङमा गंगाजल अर्पण गर्ने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

कपिलबस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिबेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौको सुन्दरीजल पशुपतिनाथ लगाएतका स्थानहरुबाट ल्याएको गंगाजल चढाउने गरिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here