पन्थीको मृत्युबारे छानवीनको लागी न्यायिक आयोग - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पन्थीको मृत्युबारे छानवीनको लागी न्यायिक आयोग

Share This
१४ भदौ । अर्घाखॉची जिल्ला अस्पतालमा बुधवार मृत्यु भएकी गोखुङ्गगा ७ की सविता पन्थीको शव विहिवार २६ घण्टा पछि परिवारले बुझे ।
जिल्ला अस्पतालमा सुत्केरी भएपछि अत्यधिक रक्त्तस्रापका मृत्यु भएकी पन्थीका आफन्तले अस्पतालको लापवार्हीका कारण सुत्केरीको मृत्यु भएको भन्दै शव बुझन ईन्कार गरि जिल्ला बन्द लगाएतका आन्दोलन गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यलय अर्घाखॉचीमा विहिवार सम्पन्न सर्वपक्षिय बैठकले घटनको निष्पक्ष र तटस्थ छानवीनका लागी स्वास्थ्य मन्त्रालयले न्यायिक आयोग बनाएर घट्नाको छानवीन गर्ने, नवजात शिशुको भविश्यलाई ध्यान दिएर जिल्ला वालकल्याण समिती मार्फत रकम संकलन गरि नजिकको हकवालालाई उपलव्ध गराउने, घट्नाको बारेमा सत्यतथ्य छानविन गर्न सहयोग पु¥याउन उदेश्यले अनौपचारीक रुपमा दलीय संयन्त्र बनाएर अध्ययन अनुसन्धान गर्ने निर्णय गरेपछि आफन्तहरुले शव बुझेर जिल्ला बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी भेषराज खनालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित राजनैतीक दलका प्रमुख ,प्रहरी नायव उपरिक्षक, जिल्ला अस्पताल प्रमुख, पत्रकार, नागरिक समाज, मृतकका आफन्तको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here