चुनाव अगावै सरकारको राजीनामा माग्नुको औचित्य छैनः अग्नी सापकोटा

१ भदौ । एकीकृत माओवादीले संविधानसभा चुनावपूर्व सरकारको राजीनामा माग्नुको औचित्य नभएको बताएको छ ।

एमाओवादीले सरकारको बहिर्गमनले मात्र समस्या समाधान नहुने भन्दै सरकार फेरबदलमा मात्र लागिरहे चुनावी प्रक्रिया पर सर्ने बताएको हो । पार्टी कार्यालय कोटेश्वरमा शनिबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले चुनावअघि वर्तमान सरकार कुनै हालतमा विघटन नहुने बताउनु भयो ।

प्रवक्ता सापकोटाले मंसिर ४ को चुनाव कुनै हालतमा नसर्ने भन्दै नेकपा–माओावदीलगायतका असन्तुष्ट दल पनि चुनावमा सहभागी हुने दाबी गर्नुभयो । उहाँले अडान छोडेर चाँडै चुनावी प्रक्रियामा सहभागी हुन असन्तुष्ट दलहरूलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...