माथिल्लो त्रिशुली थ्री ‘ए’ को काम शुचारु

३१ साउन । स्थानीयलाई रोजगारी र आयोजनाको क्षमता बृद्धिको माग राख्दै राजनीतिक दलहरुले ताला लगाएपछि बन्द भएको माथिल्लो त्रिशुली थ्री ‘ए’ आयोजनाको काम सुचारु भएको छ ।

गएको असार १९ गते विभिन्न माग राख्दै रसुवा र नुवाकोटका राजनीतिक दलहरुले राखेको माग आपसी समझदारीमा पूरा गर्न आयोजनाले प्रतिबद्धता जनाएपछि अबरुद्ध काम विहीबारबाट सुचारु भएको हो ।

स्थानीय जनतालाई साथ लिएर राजनीतिक दलहरुले प्रभावित क्षेत्रमा अस्पताल र विद्यालय निर्माण, अधिग्रहण जग्गाको तत्काल मुआब्जा वितरण, बेत्रावती–मैलुङ सडक निर्माण लगायतका मागलाई सम्बोधन गर्न आयोजना तयार भएको छ ।


स्थानीयले प्रभावित बासिन्दालाई १० प्रतिशत निःशुल्क सहित २० प्रतिशत शेयर अनिवार्य गर्न, उत्पादनको १ प्रतिशत नाफा स्थानीय क्षेत्रमा खर्च गर्ने नीति बनाउन तथा आयोजना निर्माणको क्रममा गराइएको विष्फोटनबाट प्रभावित बासिन्दालाई स्थान्तरणको व्यवस्था मिलाउन आयोजनालाई आग्रह गरेका छन् ।

उत्पादन क्षमतामा विवाद रहदै आएको आयोजना अहिले ६० मेगावाटमा निर्माण जारी रहेको छ । दुई वर्षअघि सुरु भएको आयोजना अबको ९ महिना भित्रमा पूरा गरिसक्नु पर्ने सम्झौता छ । आयोजनाको निर्माण कार्य अहिलेसम्म ३२ प्रतिशत मात्र पूरा भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...