बैद्यलाई फकाउँदै प्रचण्ड, तालमेल गर्न मान्लान त ?

१ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफूहरुसँग तालमेल गर्न नेकपा–माओवादीलाई आग्रह गर्नुभएको छ ।

काठमाडौ क्षेत्र नम्बर– ४ को चुनावी सभामा अध्यक्ष प्रचण्डले संविधानसभाका लागि १० बर्ष जनयुद्ध लडेको पार्टीले चुनाव बहिष्कार गर्नु उपयुक्त नहुने भन्दै बरु आफूहरूसँग चुनावी तालमेल गर्न आग्रह गर्नुभएको हो । उहाँले नेकपा–माओवादीले रोजेको निर्वाचन क्षेत्र दिन तयार रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक समिति र मधेशी जनअधिकार फोरम नेपाल सहमतिमा आएको भन्दै मोहन बैद्य लगायतको ३३ दलीय मोर्चा पनि चुनावमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुनाव मंसिर ४ मै हुने भन्दै सबै चुनावी वातावरण बनाउन जुट्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधानसभाको चुनाव भएको ६ महिनाभित्र मस्यौदा निर्माण गरेर एक बर्षभित्र संविधान जारी गर्ने दाबी गर्नुभयो । उहाँले पाँच महिनासम्म पनि दलहरुबीच सहमति हुन नसके बहुमतबाट पारित गरेर भएपनि संविधान जारी गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...