औषधीको अभावसँगै डाक्टर विहीन अवस्थामा मुगु जिल्ला अस्पताल - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

औषधीको अभावसँगै डाक्टर विहीन अवस्थामा मुगु जिल्ला अस्पताल

Share This
१८ साउन । जिल्ला अस्पताल मुगुमा दरबन्दी अनुसार डाक्टर नहुँदाविरामी मर्कामा परेका छन् ।
दुई जना डाक्टरको दरबन्दि रहेको जिल्ला अस्पताल मुगु अहिले डाक्टर विहीन अवस्था संचालित भएको छ । अस्पतालमा कार्य गर्दै आएका प्रवण भन्डारीको म्याद सकिएको र अर्का डाकटर अजुर्न भटट् जुम्लास्थित स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा सरुवा भएपछि जिल्ला अस्पताल मुगुमा १ महिनादेखि डाक्टर बिहिन अवस्थामा पुगेको हो ।

त्यस्तै ग्रामिण स्तरका स्वास्थ्य चौाकिमा ५ जनाको दरबन्दि भएपनि अहेव परिक्षाको तयारीमा लागेकाले अधिकासं स्वास्थ्य केन्द्र बन्द भएका छन् भने जिल्लका सबै विरामीहरु विरामीहरु जिल्ला अस्पतालमा आउन थालेपछि अस्पतालमा विरामीको चाप बढेको छ ।

एक त डाक्टर नहुन त्यसमा पनि औषधीको अभावह हुनुले विरामीहरुको स्वास्थ्योपचारमा थप समास्या सृजना भएको छ ।
अस्पतालमा भर्ना भएका स्थानीय विरामी श्रीबहादुर नेपालीका अनुसार– ‘ अस्पतालमा बेड भर्ना भएको एक हप्ता हुन लाग्यो, अस्पतालमा भएका डाक्टर दिनको १ पटक चेक गर्न आउन्छन्, अस्पतालमा औषधी नभएकाले पूर्जीमा यो औषधी ल्याउन भनेर अन्तै मेडिकलमा पठाउँछन् , गाँउबाट ऋण खोजेर ल्याएको ४।५ हजार रुपैया सकियो घाउ निको हुँदैन ।’

वर्षाद समयमा खानेपानीमा सरसफाइन नहुँदा जिल्ला अस्पतालमा विरामीको संख्या बढेको छ । श्रीबहादुर नेपाली जस्तै दिनहु ५० जना भन्दा बढी विरामी अउने गर्छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here