चेलीवेटी वेचविखनमा संलग्न ३ जना पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चेलीवेटी वेचविखनमा संलग्न ३ जना पक्राउ

Share This
४ भदौ । चेलीवेटी बेचविखन गर्न लागेको आरोपमा प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु चनई गाविस वडा नं. ९ वस्ने निर्मला परियार, सोही स्थान बस्ने सुककुमारी लामा र होटल संचालक करवीर शाही रहेका छन् ।
पक्राउ परेकी परियारले आफ्नो माईती घर गुल्मीको एक दुर्गम गाउंबाट २ जना चेलीवेटीलाई राम्रो काम लगाई दिने प्रलोभन देखाएर कपिलवस्तुको चनईमा रहेको वद्रीनाथ गेष्टहाउसमा बेश्यावृत्ति कार्यमा संलग्न गराउन खोजेको प्रहरीले जनाएको छ ।

परियारसंगै गुल्मीबाट आएका २ चेलीवेटीले वेश्याबृत्ति कार्यमा संलग्न हुन नमाने पछि उनीहरुलाई झुक्याएर सीमावर्ती भारतीय नाका कृष्णनगर हुदै बैंग्लोर लैजान लागेको अवस्थामा उनीहरलाई चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरु उपर प्रहरीले मानववेचविखन तथा ओसारपोसार आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा थुनामा राखेको छ । भने उद्धार गरिएका २ युवतीलाई तौलिहवा स्थित साथी संस्थाको आवास गृहमा राखिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । युवतीलाई उनीहरुको अभिभावकको जिम्मा लगाई पठाईने उपरीक्षक खड्काले बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here