काभ्रेमा पनि बर्डफ्लुको संक्रमण बढ्दो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

काभ्रेमा पनि बर्डफ्लुको संक्रमण बढ्दो

Share This
२८ साउन । काभ्रेको तीन ठाउँमा बर्डफ्लु भेटिएको छ ।
भक्तपुरमा भेटिएको बर्ड फ्लु नियन्त्रण गर्न सरकार असफल भइरहेको बेला काभ्रेको तीन ठाउँमा बर्ड फ्लु भेटिए पछि जनजीवन त्रसिद बनेको छ । कुखुरा परीक्षण गर्दा तीन वटा फर्मका कुखुरामा बर्ड फ्लु पुष्टी भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयककी प्रमुख सम्झना काफ्लेको अनुसार नेपाल ह्याचरी साँगा, उग्रतारा–४ स्थित भगवान खत्रीको फर्म र खत्रीकै नासिका–२ मा रहेको फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बर्ड फ्लु भेटिनेबित्तिकै कुखुरा नष्ट गर्ने आदेश दिएको बताएका छन् । पशु सेवा कार्यालय प्रमुख काफ्ले नियन्त्रणको लागि प्रक्रिया सुरु गरिसकेको बताइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here